

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका आर्थिक वर्ष २०७८/७९ शुरुआत हुन एक महिना अगाडि नै ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।
गाउँपालिकाले चालु आव २०७८/७९ मा रु १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत साउन १ देखि जेठ २८ गतेसम्ममा रु ३३ लाख एक हजार ४३४ आन्तरिक राजश्व सङ्कलन भएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी जुहानले बताउनुभयो । पालिकाको लक्ष्यभन्दा ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न गाउँपालिका सफल भएको सूचना अधिकारी चुहानले बताउनुभयो । लक्ष्यभन्दा रु १३ लाख २६ हजार ४३४ राजस्व सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले रु १० लाख १७ हजार ३० राजश्व सङ¬्कलन गरेको छ । गाउँपालिकाले रु तीन लाख ७१ हजार ५५१ बेरुजु असुल गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताउनुभयो । रु आठ लाख १३ हजार ६०० ढुङ्गा, गिट्टी, बालुवा ठेक्कावापत गाउँ कार्यपालिकाले राजश्व असुल गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । कर दस्तुरवापत वडा नं १ थिङ्लाबुले रु दुई लाख ६६ हजार ८४१, वडा नं २ सान्थाक्राले रु तीन लाख २४ हजार ५७० राजश्व सङ्कलन गरेको छ ।
त्यस्तै वडा नं ३ ले रु ५० हजार ७१० सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ४ ले रु एक लाख २९ हजार १११ सङ्कलन गरेको छ । वडा नं ५ ले रु तीन लाख ९०० र वडा नं ६ ले रु २७ हजार १२१ राजश्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताउनुभयो ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७