

ओखलढुंगा । ओखलढुंगामा नदीजन्य प्राकृतिक सम्पदा दोहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्तिलाई गाउँपालिकाले सामान्य कारबाही गरेर छाडेको छ । गैरकानूनी तवरले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सवारी सहित प्रहरीले समातेका चार जनालाई गाउँपालिकाले नौं हजार जरीवाना गराएर छाडेको हो ।
मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित सुनकोशी नदी र भडारे खोलाको दोभानबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी थुपार्दै गरेको अवस्थामा सवारी साधन सहित तीनजना चालक र उत्खनन्मा सङ्लग्न अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर गत जेठ २२ गते गाउँपालिकालाई बुझाएको थियो । गाउँपालिकाले गाउँकार्यपालिकाको बैठक राखेर पक्राउ परेका व्यक्तिलाई नौ हजार जरिवाना तिराएर फेरि गल्ती नदोहो¥याउने सर्तमा छाडेको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताउनुभयो । फेरि त्यस्तो गरेको भेटिएमा दोब्बर जरिवाना सहित थप कडा कारवाही गरिने अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले उत्खननमा प्रयोग भएका दुई टिपर धनीलाई दुई दुई हजार र एक जेसिबीलाई पाँच हजार जरिवाना तिराएको छ । उत्खनन भएका नदिजन्य पदार्थ गाउँपालिकाको हुने गरी निर्णय गरिएको छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७