TRENDING
होमपेज
दाजुभाइ मृत फेला


महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् ।
सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् । दुबै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ । रमेशको हातमा सामान्य चोट र नाकबाट रगत बगी रहेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
साउन ३१, २०७९
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
साउन २२, २०७९
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
साउन १०, २०७९
गर्मी बढेपछि पठनपाठन बन्द
असार ३२, २०७९
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
असार २४, २०७९
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७