

ताप्लेजुङ । ताप्लेजुङको सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक सञ्जालले जोडिएको जनाइएको छ ।
साठी वडामा अगाडि नै सडक पुगेको थियो । जिल्लाको सबै वडाका सडक पुगेको सिरिजङ्घा ६का वडाअध्यक्ष पूर्णसिंह लिम्बुले जानकारी दिनुभयो । जिल्लामा नौ स्थानीय तहमा ६१ वडा रहेको छ ।
क्षेत्रफलको हिसाबले जिल्लाकै ठुलो फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला चीनसँग प्रत्यक्ष सडकसञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिट तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । यसैगरी सुनसरीको चतरादेखि तमोर कोरिडोर सडक चीनसँग जोडिन तीन किलोमिट मात्र बाँकीरहेको छ । राष्ट्रिय गौरवको सो सडक आयोजना कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो ।
मिव्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सीमानामा सडक प्रवेश गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो । वडा कार्यालयसम्म पुग्न केही समय लाग्नेभए पनि आफ्नो वडामा सडकले जोडिएको उहाँले बताउनुभयो । स्थानीय सरकारले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो ।
जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दैनिकीमा सहज भएको छ । जिल्लाको सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा सार्वजानिक यातायातको लागि टिकेट काउन्टर खोलिएका छन् । दैनिक सदरमुकादेखि विभिन्न गाउँगाउँमा गाडी लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठुलो सिटको बस भने जान सकिरहेका छैनन् ।
आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालन भएको छ । सिरिजंघाको खाम्देम्बे बजारदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालनमा छ । गाउँगाउँमा सडक सञ्जालले जोडिएसँगै गाउँदेखि सदरमुकाम जोडिएका छन् । गाउँगाउँ सडक सञ्जालले जोडिएसँगै आवश्यक खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७