

ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो ।
फक्ताङलुङ गाउँपालिका—७ घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजङ्घा हिमालको वरपर नाउरको खोजीमा व्यस्त हुनुहुन्छ । शेर्पासँगै परिषदको वन तथा वन्यजन्तु प्राविधिक सुमन काफ्ले लगायत नौ जनाको टोली कञ्चनजङ्घा क्षेत्रको लोनाक खाम्बाजेन क्षेत्रमा नाउर गणनामा परिचालन हुनुभएको जनाइएको छ । त्यस्तै कञ्चनजङ्घा क्षेत्रमा नाउरको बास स्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्र ९ब्लक०मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्था बारेमा अध्ययन विगत देखि नै गर्दै आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरिक्षण हँुदैआएको चेम्जोङले बतानुभयो ।
संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नारउ र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरिक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई रहेको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताउनुभयो । वन्यजन्तुबाट घरपालुवा जनवाहरु क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँने गरेको शेर्पाले बताउनुभयो ।
पाँच वर्ष पछि सो संरक्षण क्षेत्रमा नाउर गणना कार्य गत हप्तादेखि थालिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । केही वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरु नाउर गणनामा परिचालन भएको तिवारीले बताउनुभयो । ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङकन गरिएको छ । त्यसले गणनामा दोहोरीने कम सम्भावना रहेको तीवारीले बताउनुभयो ।
गत महिना विश्व वन्यजन्तु कोष र परिषद् बीच नाउर निरिक्षण र हिउँ चितुवा संरक्षण गर्नका लागि ४० लाख रुपैयाँको कार्यक्रम सम्झौता भएको व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । समुन्द्र सतह देखि पाँच हजार मिटर भन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको फेम्बुले बताउनुभयो ।
विसं २०७३ मा दुई हजार २०० को सङ्ख्यामा नाउँर रहेको परिषदका सूचना अधिकारी धमेन्द्र थापाले बताउनुभयो । पाँच वर्ष यता नाउँरको निरिक्षण भएपनि परिमाण आउँन नसकेको थापाले बताउनुभयो । संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो बढेर कम्तिमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको संख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ । हिउँ चितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा उक्त सङख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७