

काठमाडौं । २५६५ औं बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभकामना व्यक्त गर्नुभएको छ । प्रेस वक्तव्य जारी गर्दै उपप्रधानमन्त्री पोखरेलले आज सो शुभकामना व्यक्त गर्नुभएको हो । प्रस्तुत वक्तव्य यस प्रकार छ ।
हार्दिक शुभकामना !
२५६५ औं बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शान्तिका नायक भगवान् बुद्धको जन्म, बोधी ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको तीनवटा पवित्र संयोगका रुपमा पवित्र दिन स्वरुप आजको दिनलाई लिने गरिन्छ । यसैगरी, प्रकृति पुजक किराँत समुदायले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउने चलन छ ।
मौलिक चाडपर्व, धर्म, संस्कृति, रितिरिवाज र मुल्य मान्यता हामी नेपालीहरूका अमुल्य सम्पत्ति हुन् । यिनै संस्कार र सभ्यताहरूले हामीलाई एकताबद्व बनाउन प्रेरित गरिरहेको छ । तसर्थ, विश्व शान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको सही अर्थमा परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।
अन्त्यमा, विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीबाट सम्पूर्ण नेपाली र सिंगो मानवजगतले छिट्टै मुक्ति पाउनेछौं भन्ने कामना गर्न चाहन्छु । जनतालाई कोरोना भाइरसबाट मुक्त दिलाउन सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेकाले यो लडाईंमा साथ दिन म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल पनि गर्न चाहन्छु ।
ईश्वर पोखरेल
उपप्रधानमन्त्री
महासचिव, नेकपा (एमाले)
२०७८ जेठ १२ गते
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७