

ओखलढुंगा । ओखलढुंगामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कारमा अन्योल उत्पन्न भएको छ । जिल्लामा यसअघि कोरोनाबाट मृत्यु नभएको र शव व्यवस्थापनबारे कुनै पूर्वतयारी नभएकाले सङ्क्रमितको शव व्यवस्थापनामा समस्या भएको हो ।
कोरोनाबाट मृत्यु भएकाको कसरी दाहसंस्कार गर्ने भन्ने स्पष्ट नहुँदा सोमबार बिहानै कोरोनाबाट ज्यान गुमाएकी सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया महिलाको शव अपरान्हसम्म व्यवस्थापन हुन सकेको छैन । जिल्लामा शव सदगद गर्ने निश्चित स्थान र मापदण्ड नतोकिँदा समस्या भएको हो ।
मृतकका आफन्तले आफ्नो परम्परा अनुसार दाहसंस्कार गर्ने भन्दै त्यसमा सरकारी निकायको सहयोग मागेका छन् । सरकारी मापदण्डमा पनि परिवारका आफन्तले चाहेमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बढीमा १५ जनासम्मको उपस्थितिमा गर्न मिल्ने अन्यथा नेपाली सेनाले व्यवस्थापन गर्ने उल्लेख छ ।परिवारले नचाहेमा वा सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्त कोही नभएमा नेपाली सेनाको टोलीले कुनै एक स्थानमा शवको व्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७