

काठमाडौं । गत वर्ष धानको बीउका कारण बाला नलाग्ने समस्या देखिएपछि जिल्लामा अहिले सतर्कता अपनाइएको छ । धानको बीउ राख्ने समय चलिरहँदा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरका एग्रोभेटको अनुगमन गरिएको हो । स्वीकृत धानको बीउ नहुँदा पछि समस्या पर्न सक्ने देखेर जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका एग्रोभेटको अनुगमन गरिएको हो ।
कावासोती, देवचुली, गैँडाकोट र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा रहेका एग्रोभेट तथा बीउबिजन बिक्री गर्ने संस्थामा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो ।
अनुगमनका क्रममा जिल्लाको हुप्सेकोट, दुम्किवास, देवचुलीलगायत केही एग्रोभेटले प्रतिबन्धित र स्वीकृत नभएका धानको बीउ बिक्री वितरण गरेको पाइएपछि जफत गरिएको छ ।
यस क्रममा हुप्सेकोटको सुजल एग्रोभेटबाट १३ किलो प्रतिबन्धित गोरखनाथ धान जफत गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिनुभयो । सो एग्रोभेटले दुई बोरा गोरखनाथको बीउ ल्याएर अरू बिक्री गरिसकेको र बाँकी रहेको १३ किलो बीउ जफत गरिएको पौडेलले बताउनुभयो ।
बिनयी त्रिवेणीको सागर फिड एन्ड पोल्ट्री सप्लायर्स र किसान एग्रोभेटबाट ३८९ किलो प्रतिबन्धित तथा स्वीकृत नभएका बीउ जफत गरिएको छ । यी एग्रोभेटबाट गोरखनाथ ५०९, मोती गोल्ड, गोदावरी गङ्गा, जिके गङ्गोत्री, काँवेरी सोना, काँवेरी केपी १०८ जातकोे धानको बीउ जफत गरिएको उहाँले बताउनुभयो ।
देवचुली नगरपालिका रजहरका चौधरी एग्रो सेन्टर र मङ्गल भेट फर्माबाट गरी ३२० किलो सुपर सोना काँवेरी, बिपिपी ५२०४ जातको स्वीकृत नभएको धानको बीउ जफत गरिएको छ । अनुगमनका क्रममा अधिकांश घरेलु कार्यालयमा दर्ता नगरेको, समयमा नवीकरण नगरेको, बीउ र विषादीको स्वीकृति नलीकनै बिक्री वितरण गरेको, मूल्यसूची नराखेको, ढकतराजु नवीकरण नगरेको, प्रतिबन्धित विषादी बिक्री गरेको, अन्तिम प्रयोग मिति नभएको पाइएको सहायक प्रजिअ थापाले बताउनुभयो ।
यसैगरी दश महिनाको अवधिमा रु १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा रु दश खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।
तथ्याङ्कअनुसार यस वर्ष व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव चार र निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५९ प्रतिशतले घटेको छ ।
विभागको तथ्याङ्कअनुसार दश महिनामा रु ११ अर्ब ४५ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले रु नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २१.४८ प्रतिशतले व्यापार घाटा भएको हो ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७