TRENDING
होमपेज
कोरोना विरुद्धको लडाँईका लागि आयो विदेशी सहयोग, सरकारद्धारा कुटनीतिक पहल जारी


काठमाडौं । कोरोना महामारीका बीच नेपालका लागि विदेशि सहयोग आउने क्रम जारी रहेको छ । स्वीजरल्याण्ड सरकारबाट सहायता स्वरूप ९४ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।
हिजो स्वीस राजदूत एलिजावेथ भोन क्यापीलरले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई बिमानस्थलमा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । केही दिन अघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वीस राजदूतसँग यसबारे पहलकदमी लिंदै संवाद गर्नुभएको थियो ।
त्यसैगरी अमेरिकाबाट स्वास्थ्य सामग्री बोकेको जहाज पनि हिजो नै काठमाडौं आइपुगेको छ। सहायता स्वरूप प्राप्त यी स्वास्थ्य सम्बन्धी सामाग्रीहरूले कोभिड विरुद्धको लडाईलाई सहज बनाउने विश्वास गरिएको छ ।
यसैबिच नेपाल सरकारले कोभिड विरुद्धको लडाईका लागि विभिन्न कुटनीतिक पहल तीव्र गरिरहेको उपप्रधानमन्त्रिका प्रेस सल्लाहकार गणेश पाण्डेको भनाई छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७