TRENDING
होमपेज
सीताजयन्तीले लैङ्गिक, सामाजिक–सांस्कृतिक विभेद अन्त्य गर्ने प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।
उहाँले आज दिनुभएको सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै प्रकारका सामाजिक– सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृति समाजको निर्माणका लाािग हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
धैर्य, संयम र विवेककी प्रतिमूर्ति एवं आदर्श नारीका रुपमा सदा चित्रण गरिनुभएका जनकनन्दिनी तथा जगज्जननीका रुपमा पूजार्चना गरिने मातृशक्ति सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति माता सीताको जन्म पौराणिक तथा धार्मिक विश्वासको धरोहरका रुपमा रहेको जनाउनुभएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७