

काठमाडौँ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।
नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभएको हो । “नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण सङ्कलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई÷तीनवटा नियमित उडान गर्नुपर्छ”, नाट्टाका कावा अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न, नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकलाई कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड लागू गराउन आग्रहसमेत गरेको छ । चार्टर उडानमा अत्यधिक हवाई भाडा महङ्गो भएको भन्दै नाट्टाले अन्तरराष्ट्रिय गन्तव्यका लागि चार्टर उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७