

काबुल । अफगानिस्तानका दुई प्रान्तमा गए राति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन् । गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए ।
त्यस आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् । त्यस क्रममा अरु केही अफगान सैनिक घाइते पनि भएका सो प्रान्तका एक अधिरकारीले जानकारी दिएका थिए । सो आक्रमणपछिको कारबाहीमा परेर तीन जना तालिबान लडाकू पनि मारिएका छन् । त्यस क्रममा राति दोहोरो भिडन्त पनि भएको थियो ।
त्यस भिडन्तमा परेर अरु केही तालिबानी लडाकूहरु घाइते पनि भएका बताइएको छ । त्यस्तै अर्को बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १४ जना तालिबानी लडाकू मारिएका छन् । सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानका विरुद्ध खोजी अभियान सञ्चालन भइरहेको अफगान सेनाले जनाएको छ ।
बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १४ जना तालिबान मारिएका उक्त प्रान्तका सैनिक प्रवक्ताले जानकारी दिएका छन् । त्यस कारबाहीमा परी अरु चार जना तालिबान लडाकू र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ । उक्त क्षेत्रमा आइएस अतिवादीहरुका क्रियाकलापहरुमा बृद्धि भएको समाचारका आधारमा सेनाले हवाई कारबाही गरेको थियो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७