

काठमाडौं । मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो । मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ ।
विभागका निर्देशक मीरा आचायले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गर्नुभएको छ । अहिले धेरै आरोही आरोहणानुकूल मौमसको प्रतीक्षामा सगरमाथाको आधार शिविरमा छन् । गत वैशाख २४ देखि सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।
यस मौसमी प्रणालीले आज दिनभर देशका अधिकांश भागमा बदली गरायो । मंगलबारदेखि अझ असर पर्नेछ । चक्रवातको नेपालमा प्रत्यक्ष असर नरहे पनि अप्रत्यक्ष देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ । महाशाखाले विज्ञप्ति निकालेर यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७