

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ र ११ का किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गरी कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उद्देश्यले हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका प्रमुख महेश खरेलका अनुसार किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानीमा खरिद गरिएको ६० थान हाते ट्र्याक्टर किसानलाई वितरण गरिएको हो । वडा नं ११ को वडा कार्यालयमा भएको कार्यक्रममा नगरप्रमुख खरेल, उपप्रमुख लक्ष्मी दनुवार, वडाध्यक्ष शिवशरण लामा, वडासदस्य हिराकाजी तथा वडासचिवलगायतको उपस्थितिमा स्थानीय किसानलाई ३५ थान हाते ट्र्याक्टर वितरण गरिएको छ ।
त्यस्तै वडा नं ९ मा ट्र्याक्टर वितरण गरेको कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले २५ थान हाते ट्र्याक्टर किसानलाई हस्तान्तरण गर्नुभएको छ । वडा नं ९ मा हाते ट्र्याक्टर वितरण गरिएको छ । नगरपालिका उपप्रमुख दुनुवारले कम लगानी, समयको बचतका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकाले वितरण गरेको बताउनुभयो ।
वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले वडाले ‘एक घर, एक ट्र्याक्टर’ अभियान सञ्चालन गरेअनुरुप ती सामग्री वितरण गरेको बताउनुभयो । यसअघि पनि वडाका ८१ वटा समूहले ट्र्याक्टर वितरण गरिसकेको उहाँले बताउनुभयो । नगरपालिकाका अन्य वडाले पनि किसानका लागि ट्र्याक्टर वितरण गर्ने काम गरिँदै आएको छ । पाँचखाल नगरपालिकाले ‘पाँचखाल नगर, कृषि शहर’ नाराका साथ कृषि क्षेत्रको विकास, प्रवद्र्धन र किसानको हितका लागि विविध कार्यक्रम आयोजना गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७