

जाजरकोट । कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो । जाजरकोटमा कोरोनाले दुइ जनाको मृत्यु भइसकेको छ ।
जिल्ला अस्पतालमा १०३ आइसोलेसन शय्या, आइसियू कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ५४, एचडीयू १, अक्सिजन सहितको शय्या ३३ र साधारण आइसोलेसन ३३ छ । थप अक्सिजन सिलिण्डर खरिद गर्न वुधबार बोलपत्र आह्वान गरिएको छ ।
त्यस्तै छेडागाड नगरपालिकाले १५ शय्याको कोभिड आइसोलेसन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो । प्रत्येक पालिकाले १५ शय्याको आइसोलेसन बनाउने योजना बमोजिम काम भइरहेको छ । प्रत्येक पालिकाले अक्सिजन सिलिण्डर खरिद गरिरहेका छन् । भेरी नगरपालिकाले सङ्क्रमित बिरामीलाइ ओसारपसार गर्न नेपाल रेडक्रस सोसाइटीको एम्वुलेन्स असारसम्मलाई भाडामा लिएको छ । स्वाव सङ्कलन, कन्टयाक्ट टे«सिङ, कोरोना अनुगमनको लागि नगरप्रमुख चढ्ने गाडी प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । नगरपालिकाले एम्वुलेन्स र शववाहन खरिद प्रक्रिया अन्तिम चरणमा पुरयाएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७