

काठमाडौं । शेयर बजारमा पछिल्लो दुई दिनमा विभिन्न चार कम्पनीको सवा दुई करोड कित्ता शेयर थपिएको छ ।
बजारमा इन्फिनीटी लघुवित्त वित्तीय संस्था, प्राइम बैंक, साहारा विकास बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको २ करोड १६ लाख ३६ हजार कित्ता शेयर थपिएको हो ।
मंगलबार इन्फिनीटी लघुवित्तको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।
यस्तै, अघिल्लो दिन अर्थात सोमबार प्राइम बैंक, साहारा विकास बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
जसमध्ये प्राइम बैंकको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता बोनस शेयर, साहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव ०४ कित्ता र गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब सबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७