

काठमाडौं । चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो ।
अक्सिजनसहितको ३० शय्याबाट १०० शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो । नगरको सामाजिक विकास समितिका संयोजक खड्काले सो वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने पनि बताउनुभयो ।
सो सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको समूहले आइसोलेशनमा २४ सै घण्टा सेवा प्रदान गर्ने र बिरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि समन्वय गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकामा हालसम्म दुई हजार ६६३ सङ्क्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ । हाल चन्द्रागिरी नगरपालिकामा ३९० सक्रिय सङ्क्रमित छन् ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७