

काठमाडौं । यस साता महिला लघुवित्त वित्तीय संस्थाको साढे २१ हजार कित्ता भन्दा बढी शेयर खरिदबिक्री भएको छ । शेयर मूल्य दैनिक सर्किट लेभेलमा बढेर प्रतिकित्ता ५ हजार माथि पुगेको महिला लघुवित्तको यस साता २१ हजार ७४८ कित्ता शेयर खरिदबिक्री भएको हो ।
रकमका आधारमा १० करोड २ लाख ६९ हजार २४० रुपैयाँको शेयर कारोबार भएको छ । यो हप्ता प्रतिकित्ता ३ हजार २८१रुपैयाँ देखि ५ हजार ३० रुपैयाँसम्ममा शेयर खरिदबिक्री भएको हो ।
साताको पहिलो दिन अर्थात आइतबार कम्पनीको १ हजार ८१० कित्ता ३ हजार २८१ रुपैयाँदेखि ३ हजार ४३७ रुपैयाँसम्ममा शेयर बिक्री भएको छ ।सोमबार भने ३ हजार ६०८ रुपैयाँदेखि ३ हजार ७८० रुपैयाँसम्मा २ हजार ४२० कित्ता शेयर बिक्री भएको छ ।
यस्तै, मंगलबार २ हजार ४३०, बुधबार २ हजार २४५ र बिहीबार १२ हजार ८४३ कित्ता शेयर बिक्री भएको छ । साताको अन्तिम कारोबार दिन बिहीवार सर्वाधिक शेयर बिक्री भएको छ ।
बिहीवारसम्म आउँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ०३० पुगेको छ । बिहीवार ४ हजार ८०१ देखि ५ हजार ०३० रुपैयाँसम्ममा शेयर बिक्री भएको छ ।कम्पनीले माघ २८ गते देखि फागुन २ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
५ हजार कित्ता कर्मचारीको लागि, २० हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ७५ हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीको आइपीओ ३७ हजार ५०० जनाले गोलाप्रथाद्धारा १० कित्ता पाएका थिए ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७