

मकवानपुर । मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा जिप चालकसहित अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र ल्हो, जिपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृती मोक्तान र मनहरि गाउँपालिका वडा नम्बर–७ बस्ने १७ वर्षीय दोर्जे गोङ्वा रहेको प्रहरीले जनाएको छ । घाइतेको हेटौँडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७