

कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ ।
श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ । दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्याँकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ ।
यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८०० जनामा कोरोना पुष्टि भएको छ ।
यो सहित श्रीलंकामा कोरोनाभाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७