

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै बैंक तथा वित्तीय संस्थालाई २० प्रतिशतभन्दा कम कर्मचारीबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले शाखा कार्यालयको हकमा भने सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीबाट सेवा प्रदान गर्न भनेको छ । जारी निर्देशनमा कर्मचारीको अनावश्यक उपस्थिति रोक्नका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोर्ट एक्सेसबाट कार्य सम्पादनमा जोड दिन समेत भनिएको छ । नजिकै रहेका शाखाहरुको हकमा न्यून संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन समेत केन्द्रीय बैंकले भनेको छ ।
केन्द्रीय बैंकले यस किसिमको व्यवस्थापनका लागि बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेवसाइट तथा सामाजिक सञ्जाल समेतमा सेवा सम्बन्धि सोधपुछकोका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुला रहने समयावधि सम्बन्धि सूचना दैनिकरुपमा प्रकाशन गर्न समेत निर्देशन दिएको छ ।
राष्ट्र बैंकले संक्रमण जोखिमलाई ध्यान दिइ सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न भनेको छ । साथै विभिन्न निकायबाट जारी भएका÷ हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न पनि भनिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७