

काठमाडौं । नेपाली बीमा बजारमा थप एक पुनर्बीमा कम्पनी स्थापना हुने पक्का भएको छ । हाल सरकारकै स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा रहेको छ । अब भने निजी क्षेत्रबाट अर्काे एक पुनर्बीमा कम्पनी स्थापना हुने पक्का भएको हो ।
यसका लागि बीमा समितिले बिहीबार थप एक पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाउन आवेदन खुल्ला गरेको छ । अब नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न चाहाने इच्छुक व्यक्ति तथा लगानीकर्ता आजको २१ दिन भित्र बीमा समितिमा आवेदन दिनुपर्ने छ । त्यसपछि समितिले कुनै एक कम्पनीलाई कारोबार गर्ने सैद्धान्तिक स्वीकृति दिने सक्नेछ ।
समितिले थप पुनर्बीमा कम्पनी स्थापनाको बिषयमा केही समयअघि अध्ययन गरेको थियो । सोही अध्ययनको आधारमा समितिले एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिने निर्णय गरेको हो ।
समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि बिभिन्न शर्त पनि तोकेको छ । सोही शर्त पुरा भएका प्रस्ताविक पुनर्बीमा कम्पनीहरु मात्रा आवेदनका लागि योग्य हुनेछन् । मापदण्ड नपुगेका कम्पनीहरुबाट आवेदन आएपनि त्यसमाथि कुनै कामकारवाही नहुने बताइएको छ ।
समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न दिने भनेसँगै बजारमा ४ पुनर्बीमा कम्पनी स्थापना गर्ने तयारी भइरहेको छ । हाल बीमा बजारमा बिभिन्न व्यवसायीक घराना तथा व्यक्तिहरुले अन्नपूर्ण री, काठमाडौं री, प्रुडेन्सियल री र जेन्युन री नामका ४ पुनर्बीमा कम्पनी समितिमा आवेदन दिने तयारीमा छन् ।
समितिले आवेदननै खुलाएपछि अब बजारमा एक पुनर्बीमा कम्पनी सञ्चालनमा आउने पक्का भएको छ । साथै, सर्वसाधारण लगानी कर्तालाई पनि लगानीको अबसर आउने भएको छ ।
समितिबाट स्थापनाको अनुमति पाउने कम्पनी पब्लीक कम्पनीमा दर्ता हुनुपर्ने छ । त्यो अनुसार सम्बन्धीत कम्पनीले तोकिएको चुक्तापुँजीको सामान्यतया ३० प्रतिशत आईपीओ निष्काशन गर्नुपर्ने हुन्छ । त्योअनुसार पुँजी बजारमा लगानीको नयाँ अवसर पनि आउने पक्का छ ।
साथै, आवेदन दिने तयारीमा रहेको प्रस्तावित कम्पनीहरुले पनि ३० प्रतिशत लगानी आईपीओ मार्फत नै जुुुटाउने योजनामा छन् । पुनर्बीमा कम्पनीका लागि तोकिएको चुुक्तापुँजी १० अर्ब रुपैयाँ हो । त्यसको ३० प्रतिशतमा मात्रामा आईपीओ निष्काशन गर्दा ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ निष्काशन हुनेछ । त्यो बराबरको आईपीओ आउँदा हाल आईपीओ भर्ने सक्रिय लगानीकर्ता जति सबैले शेयर पाउने देखिन्छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७