

काठमाडौं । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ ।
आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । आकस्मिक कक्षसमेत कोरोना सङ्क्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ । पचास शैय्याको सो अस्पतालमा उपचारका लागि आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुधबारदेखि बिरामी भर्नामा रोक लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार गर्भवती, रगत अभाव भएका र आकस्मिकबाहेकका बिरामीको भर्नामा रोक लगाएको छ । ओपीडी सेवा पनि अस्पतालको मूल गेटमा दिन थालिएको छ . चिकित्सकले टाढैबाट ज्वरो मापन गरी बिरामीको उपचार गरिराखेका छन् । अस्पतालको ओपीडी सेवा लिनका लागि दैनिक करिब तीन सय बिरामी आउने गरेका छन् ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७