

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीको एक करोड ४५ लाख कित्ता शेयर सूचीकृत गराएको । जसमध्ये संस्थापक तर्फको १ करोड १ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २९ लाख कित्ता छ ।
कम्पनीको शेयर भोलिदेखि कारोबार शुरु हुनेछ । नेप्सेले कम्पनीको शेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता १ रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोकेको हो ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका वासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म र सर्वसाधारणका लागि गत चैत ६ गतेदेखि १० गतेसम्म शेयर विक्री गरेको थियो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई चैत २७ गते आईपीओ बाँडफाँड गरेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७