

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सम्पूर्ण परीक्षाहरु स्थगित गरीएको छ । एक सुचना जारी गर्दै विश्वविद्यालयले सो निर्णय सार्वजनिक गरेको हो । कोरोना संक्रमणका कारण देश अस्तव्यस्ततामा फर्किरहेको कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु हाललाई स्थगित गरिएको त्रि.वि. ले जनाएको छ ।
कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितीमा सञ्चालन गर्न नसकिने परिस्थिति सृजना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्वविद्यालयद्धारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालकिा सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको लागि यो सुचना प्रकाशित गरिएको छ , सूचनामा उल्लेख छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७