

मनाङ । कोरोना माहामारीले निम्ताएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो । यसका लागि अन्नपुर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा सङ्कलन पूर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा सङ्कलनका लागि पूर्जी रकम छुट््याएको छ । नाम्के खर्कका लागि रु २० हजार , ङिस्याङ २० हजार र नार फु भ्यालीका लागि ३० हजार छुट पूर्जी रकम उल्लेख गरेको छ ।
गत वर्ष कोरोनाले बन्दबन्दी भएकाले यस क्षेत्रले जडिबुटी सङ्कलन रोक लगाएको सो संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक सङ्कट पनि बढेको हुँदा यस पटक भने जिल्लाभित्र बसोवास गर्ने जिल्लाबासीका लागि मात्र खुला गरिएको हो । कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लालाई भने लगाएको उहाँले जानकारी दिनुभयो ।
यस जिल्लामा रहेका चार स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन, जिल्ला प्रहरी र शसस्त्र प्रहरीलगायत स्थानीय सिएमसीको निर्णयअनुसार जिल्लाका सबै क्षेत्रमा यार्सा सङ्कलन पूर्जी खोलिएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन व्यवसाय ठप्प भएसँगै स्थानीयको आर्थिक अवस्थमा आएको सङ्कट टार्नको लागि पनि सङ्कलन आवश्यक रहेको हो । जडिबुटी र पर्यटन व्यवसायम निर्भर रहेका यहाँका मानिस कोरोनाले पर्यटन व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन कठिन भएको जनाउँदै सिजनमा यार्सा सङ्कलन गरेर जिविको चलाउन सकिने बताउँछन् ।
जडिबुटी सङ्कलन गर्दासमेत सुरक्षालाई ध्यान दिन जिल्ला प्रशासनले अनुरोध गरेको छ । उहाँले माहामारीले कसैलाई पनि नछाड्ने हुँदा स्वस्थ्यको ख्यालसमेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछनेले जानकारी दिनुभयो । उहाँले सङ्कलन गरिएका जडिबुटी चोरी निकासी हुनसक्ने हुँदा जिल्ला प्रशासनले आवश्यकताअनुसार जिल्लाका सबै सुरक्ष निकाय प्रयोग गरिने बताउनुभयो ।
जिल्लाबासी बाहेक बाहिरी जिल्लाका मानिसलाई सङ्कलनमा निषेध गरिएको छ । त्यस्तै खरीद बिक्रीका लागि पनि जिल्लाभित्रका सरकारले दिएको अनुमतिपत्र भएका मानिसलाई नै प्राथमिकतामा राखिएको पनि उहाँले जानकारी दिनुभयो । सरकारको जडिबुटी खरिद ऐनअनुसारको अनुमतिपत्र हुनपर्ने उहाँले बताउनुभयो ।
समयमा सङ्कलन गर्न नसके यी जडिबुटी त्यसै बिलाएर जाने हुँदा सही समयमा सदुपयोग गर्न सकियो भने हाम्रो जीवनस्तर उकासिन्छ । जिल्लाको आर्थिकस्तरसमेतमा यसले टेवा पुग्छ । यसैले पनि यार्सा सङ्कलन गर्नु जरुरी भएको मनाङ ङिस्याङ सिएमसीका अध्यक्ष सगर गुरुङले जानकारी दिनुभयो ।
हाल नाम्के खर्कमा सङ्कलन सुरु भएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै खर्कमा एकै चोटि सङ्कलन भने हँुदैन । यो खर्कमा सिजनको पहिलो सुरु हुने खर्क हो भने नारफु खर्क सिजनको अन्तिम भएको उहाँले बताउनुभयो ।
यही वैशाखको दोस्रो साताबाट शुरु भएको सङ्कलन असार मसान्तसम्म रहने जनाइएको छ । यस अवस्थामा अपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थासमेत सुदृढ बनाइएको जिल्ला प्रशासनले जनाएको छ ।चार गाउँपालिका रहेको यस जिल्लामा चामे गाउँपालिका बाहेक अरु गाउँपालिकामा यर्सागुम्बा सङ्कलन गर्ने खर्क रहेका छन् ।
प्रदेश ५बाट थप समाचार
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७