

काठमाडौं । प्रभु बैंकको नव नियुक्त अध्यक्ष लिला प्रकाशन सिटौलाले पद तथा गोपनियताको पदभार ग्रहण गर्नुभएको छ । आइतवार नै बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको बैंकले हो ।
अध्यक्ष सिटौलाले आइतवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको बैंकले जनाएको छ । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त हुनुभएका सिटौलालाई वैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गर्नुभएका सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगाल्नु भएको छ । उहाँ नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवाअवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवानिवृत्त भई कृषिविकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गर्नुभएको थियो ।
उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उहाँको विशेष योगदान रहेको थियो । उक्त अवधिमा उहाँले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्य समितिमा रहेर कार्य गर्नुभएको थियो । उहाँले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसक्नु भएको छ ।
नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ्ग जगतका विविध क्षेत्रमा अनुभव हासिल गर्नुभएका सिटौलाको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंकले जनाएको छ ।
सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा ब्यापार व्यवासाय अभिबृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७