

काठमाडौैं । विप्लव समूह र सरकारबीच २० फागुनमा जेलमा रहेका विप्लब समुहका नेता एवं कार्यकर्ता रिहा गर्ने सहमति भएता पनि अझै नछुटेपछि आज नेत्रविक्रम चन्द विप्लबले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
भेटमा विप्लबले आफ्नो समुहको नेता र कार्यकर्ता अझै रिहाई नभएको बारे गुनासो प्र.म समक्ष गुनासो गरेको बताइएको छ । आजको भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी भएका थिए । प्र,म ओलीले केही कानुनी प्रक्रिया सकेर कैदीबन्दि रिहाई गरिने बताउनुभएको स्रोतले जनाएको छ ।
गत चैत्र ९ गते पनि रिहाईमा ढिला भएको भन्दै विप्लबले ओलीलाई भेटि गुनासो गरेका थिए । यसबिच थुनामा रहेका १२३ जना कैदीबन्दि बाहेक अनुसन्धानका लागि हिरासतमा रहेका विप्लप समुहका व्यक्तिहरु भने छुटिसकेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको भेटमा पहिले भएका सहमति कार्यन्वयन लगायत समसामयिक राजनितिक विषयमा छलफल भएको थियो । यसअघि भएको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७