

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले वैशाख मसान्तसम्ममा जनकपुरधाम–जयनगर रेल्वे संचालनमा ल्याउने गरी आन्तरिक तयारीमा लागेको बताउनुभयो ।
शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले नयाँ वर्षको पहिलो महिनाभित्रै रेल चलाउने सरकारको योजना रहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘रेल छिटो भन्दा छिटो चलाउनुपर्ने भएकोले यसका लागि कर्मचारीहरु जनकपुरधाममा आइसकेका छन् । उनीहरुलाई दक्ष बनाउन २/४ दिनदेखि तालिम समेत दिई रहेको छ । यदी सम्भव भएमा वैशाखको मसान्तसम्ममा हामी रेल चलाउँछौ ।’
रेल चलाउने योजना विगत दुई वर्षदेखि सरकारको योजना रहेपनि कोरोना संक्रमणको कारण भएको लकडाउन र कर्मचारी अभावका कारण रेल चल्न नसेकेको भन्दै मन्त्री नेम्वाङले रेल्वे संचालनका लागि ती सबै कुराहरु व्यवस्थापन भइसकेकाले चाँडै रेल गुड्ने कुरामाथि विश्वास गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो ।
कोभिड महामारी र नेपाल–भारतबीचको सीमानाका बन्द भएका कारण समस्याहरु सिर्जना भएको भन्दै उहाँले अब यी समस्याहरुलाई निराकरण गर्नका लागि सरकार लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘जनकपुरधाम–जयनगर रेल्वेको विस्तार गर्दैै यसलाई भारतसँगको दक्षिण र उत्तरको राजमार्गमा जोड्ने आयोजनाको ३५ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ ।’
उहाँले अघि थप्दै भन्नुभयो– ‘महोत्तरीको बर्दिबाससम्म पूर्व पश्चिम चल्ने विद्युतिय रेलमार्गसँगै जोडेर त्यस ठाउँमा जग्गा व्यवस्थापन गरि रेल्वे सबस्टेशन समेत चाँडै बनाइनेछ ।’
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७