TRENDING

नेपालमा पश्चिमी वायू भित्रियो , आजपनि असिनापानी पर्ने सम्भावना

काठमाडौं । नेपालमा प्रीमनसुन सक्रिय भईरहेकै बेला पश्चिमी वायू समेत भित्रिएको छ । यी दुवैको प्रभाव आज पनि देखिने भएको छ । आज केहि ठाउँमा हल्का र केहि ठाउँहरुमा मध्यम वर्षा हुने मौदम विज्ञान विभागले जनाएको छ ।

यस्तै आज सुदुरपश्चिम र कर्णाली प्रदेशमा असिनापानी सहितको वर्षाहुने मौसमविद्हरुको पूर्वानुमान रहेको छ । पश्चिमी वायु र स्थानीयस्तरको वायु सक्रिय भएकाले त्यसको असर देशभर देखिने मौसमविद बताउँछन् । काठमाडौं उपत्यकामा विहानपख आंशिक बदलीको अवस्था छ । दिउँसो पनि बादल लागेर पानी पर्ने सम्भावना रहेको सापकोटाले बताए ।

पहाडी भागमा चट्याङ सहित हल्का देखि मध्यम खालको र तराईमा सामान्य खालको वर्षाको सम्भावना रहेको बताइएको छ । देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोलेआवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध समेत गरेको छ ।