

बाँके । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् ।
बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७