

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णय प्रति शिक्षा मन्त्रालयले आपत्ति जनाएको छ । काठमाण्डौं उपत्यका सहित १४ जिल्ला कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमणको हिसाबले अति प्रभावित जिल्ला घोषणा गर्दै यस क्षेत्रका शिक्षण संस्था बन्द गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयद्धारा जारी निर्णयलाई लिएर शिक्षा मन्त्रालयले आपत्ति जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं , ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लालाई अति प्रभावित जिल्लामा वर्गीकरण गरी यस क्षेत्रका बालबालिकालाई विद्यालय नपठाउन अपिल समेत गरेको थियो । लगत्तै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै शिक्षण संस्थामा अनावश्यक भय र त्रास सिर्जना नगर्न आग्रह गर्यो । विद्यालय बन्द गर्ने जस्तो निर्णय गर्दा स्वास्थ्यले शिक्षा मन्त्रालयसँग समन्वय गरी निर्णय गर्नुपर्नेमा कुनै सल्लाह नै नगरी निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालयहरुमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न, आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाइ सिकाइ क्रियाकलाप सञ्चालन गर्न पनि शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।
महामारीका बेला समन्वय गर्दै कार्य गर्नुपर्ने यि दुई मन्त्रालयबिचको टकराबले बालबालिका एवं अभिभावक भने मारमा गरेका छन् । स्थानीय सरकारले गर्नुपर्ने निर्णयहरुमा केन्द्रको भर पर्नु एवं स्वास्थ्य र शिक्षा मन्त्रालयले यकिन निर्णय दिन नसक्नुले अभिभावक एवं बालबालिकामा थप त्रास पैदा गरेको सर्वसाधारणको धारणा छ ।
राजनीतिबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७