

झापा । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।
पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे ४ प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए । घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७