TRENDING

काठमाडौं उपत्यकामा सिमसिमे पानी, वायु प्रदूषण कम हुने आकलन

काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडका विभिन्न स्थानमा बुधबार साँझ हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका सहित गण्डकी र प्रदेश नम्बर एकको पहाडी क्षेत्रमा हल्का वर्षात भएको हो ।

यस वर्षातले देशका विभिन्न स्थानमा गमक्क परेको बादल सहितको वायु प्रदुषण कम हुनुका साथै तुवाँलो हट्ने आकलन गरिएको छ ।

महाशाखाका अनुसार वर्षा धेरै ठूलो हुने सम्भावना देखिदैन् । वर्षा ठूलो नहुने भएकाले तुवालो हट्न अझै केही दिन लाग्ने छ ।