

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ । सो अवधीमा कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६२ हजार ११४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
कूल संक्रमितमध्ये पाँच लाख ४० हजार ७२० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमण मुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समय देखि हालसम्म ६ करोड १० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबार सम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७