

काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा एन्टिजेन विधिबाट ६४ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको चैत १० गतेदेखि उक्त विधिबाट परीक्षण शुरु गरिएको हो ।
नाकाबाट फर्किने सबैको नभएर भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिक, ज्वरो आएका नागरिकको मात्रै कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । हालसम्म ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । कुनै पनि व्यक्तिमा कोरोना भए नभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको जनाइएको छ ।
पछिल्ला दिनमा भारतमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर वृद्धि भएको देखिएपछि प्रदेशका सीमावर्ती जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने सम्भावना बढेको छ । छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै सुदूरपश्चिमका नाकाहरुमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतका कोरोना प्रभावित क्षेत्रबाट फर्केकाहरुको नाकामा अनिवार्य एन्टीजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको हो ।
कोरोनाको दोस्रो लहरको जोखिम भएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जोड दिइएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउनका लागि १० बुँदे आदेश जारी गरिसकेको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७