TRENDING
होमपेज
कति पाउला त ज्योति लाईफको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज ? यस्तो आयो संकेत !


काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । कम्पनीको आव २०७६/७७ को प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ रहेको छ ।
कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।
उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७