

लहान । नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरुआत गरेको छ ।
धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य शुरु गरेको हो । संस्थानले ग्राहकबाट रु ७५ लाख ६८ हजार ९६९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । एउटै ग्राहकबाट रु एक लाखसम्म बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ । बक्यौता धेरै बाँकी रहेकाले आपूर्ति बन्द गरेर बक्यौता असुल गर्ने योजना बनाइएको संस्थान लहानका प्रमुख शिरिष राजभण्डारीले जानकारी दिनुभयो ।
संस्थानका अनुसार केशव कोइराला, वीरेन्द्रप्रसाद यादव र जिवछ महतोबाट रु एक लाखभन्दा बढी बक्यौता उठाउन बाँकी छ । यस्तै पूर्व उपसभामुख चित्रलेखा यादवबाट रु ४० हजार, दामोदर उपाध्यायबाट रु ७० हजार, नेवकीबती चौधरीबाट रु ७५ हजार, परशुराम चौधरीबाट रु ४३ हजार, एकलाश कुमारी यादवबाट रु ५४ हजार, मोहनदास तत्माबाट रु ५७ हजार बक्यौता रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सडक विभाग लहानबाट रु ४२ हजार, लहानस्थित यान्त्रिक कार्यालयबाट रु १३ हजार र लहान नगरपालिकाबाट रु १३ हजार बक्यौता उठाउन बाँकी रहेको छ । पछिल्लो समय महसुल नबुझाउने प्रवृत्ति बढ्दै गएको जनाइएको छ ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७