TRENDING
होमपेज
आजदेखि नागरिक लगानी कोषको १ लाख ३ हजार कित्ता शेयर विक्रीमा, कहिलेसम्म दिने आवेदन ?


काठमाडौं । आजदेखि नागरिक लगानी कोषको १ लाख ३ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा नागरिक लगानी कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीहरुले चैत १९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।उक्त शेयरको न्यूनतम मूल्य १ हजार ३५० रुपैयाँ तोकिएको छ ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७