

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण बढेपछि नेपाल सीमामा सतर्कता अपनाइएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत प्रवेश नाकाहरुमा हेल्थ डेस्क सक्रिय बनाइएको छ भने अबदेखि भारतबाट आएकालाई क्वारेन्टिनमा राख्ने भएको छ ।
संक्रमण घट्दै गएपछि क्वारिन्टनको व्यवस्था कार्यन्वयनलाई खुकुलो बनाइएकोमा छिमेकी देशमा संक्रमण बढेपछि फेरि क्वारेन्टिन व्यवस्थालाई कडाइ गर्न लागेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टिन आदेश, २०७७ बमोजिमका व्यवस्थाहरु लागु गर्न सीमा नाकाका हेल्थ डेस्क तथा स्थानिय निकायलाई सर्कुलेसन गरिसकिएको जानकारी दिनुभयो ।
क्वारेन्टिन आदेश, २०७७ अनुसार अब संक्रमण बढिरहेको स्थानबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरु अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने उहाँले बताउनुभयो । अहिले भारतको महाराष्ट्र, गुजरात लगायतका प्रान्तहरुमा कोरोना संक्रमण बढिरहेको छ । उहाँका अनुसार ती स्थानबाट नेपाल आउने व्यक्तिहरु अब क्वारेन्टिनमा बस्नुपर्नेछ ।
उहाँले ज्वरो आएका यात्रुहरुको एन्टीबडी तथा सम्भव भएसम्म एन्टीजेन परीक्षण गरिने जानकारी दिनुभयो । साथै पीसीआर तथा एन्टीजेन परीक्षणका सुनिश्चितताका लागि सबै स्वास्थ्य निर्देसनालय, संघीय प्रादेशिक अस्पताल, स्वास्थ्य संस्था जिल्ला स्वास्थ्य कार्यालय तथा सीमा नाकाका हेल्थ डेस्कलाई निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।
समुदायमा लक्षण भएका बिरामीहरुको पहिचान गरि निगरानी बढाइने भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । यसैगरी सबै स्वास्थ्य संस्थाहरुलाई संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ । भेला, जुलुस, प्रदर्शन भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयले अपिल गरिसकेको छ ।

मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७