TRENDING

धादिङमा मानसिक स्वास्थ्य समस्या सम्बन्धि अभिमुखिकरण कार्यक्रम

धादिङ  । धादिङमा मानसिक स्वास्थ्य समस्या सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एकीकृत सामुदायिक विकास अभियान आईसिडिसि धादिङको आयोजना एवं सामाजिक विकास मन्त्रालय ,वागमती प्रदेश को सहयोगमा कार्यक्रम भएको हो ।

नेत्रावती डबजोङ गाउँपालिकाको सभा हल,सेम्जोङमा चैत ९ गते सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तथा प्रतिनिधिहरु,स्वास्थ्य सस्थाका प्रमुख एवम् प्रतिनिधिहरु,विषयगत प्रमुखहरु,मा.वि.का प्र.अ. तथा प्रतिनिधिहरु एवं प्रहरी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । आईसिडिसी धादिङका कार्यक्रम व्यवस्थापक बिनोद रिजालको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेल (बद्री) को प्रमुख आतिथ्य रहेको थियो ।

मनोविमर्शकर्ता राजन दुवाडी र नेत्रावती डबजोङ का स्वास्थ्य संयोजक कृष्ण ब.पौडेल (बद्री ) ले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा मनोसामाजिक समस्या र मानसिक रोगहरु (उदाशिनता,छारेरोग,रुपान्तरित विकार,आत्महत्या ,मनोविकृति,मध्यपान सम्वन्धि समस्या र आघातजन्य घटना पश्चातको तनावपूर्ण अवस्था) का बारेमा छलफल भएको थियो ।

ICDC