

धादिङ । धादिङमा मानसिक स्वास्थ्य समस्या सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एकीकृत सामुदायिक विकास अभियान आईसिडिसि धादिङको आयोजना एवं सामाजिक विकास मन्त्रालय ,वागमती प्रदेश को सहयोगमा कार्यक्रम भएको हो ।
नेत्रावती डबजोङ गाउँपालिकाको सभा हल,सेम्जोङमा चैत ९ गते सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तथा प्रतिनिधिहरु,स्वास्थ्य सस्थाका प्रमुख एवम् प्रतिनिधिहरु,विषयगत प्रमुखहरु,मा.वि.का प्र.अ. तथा प्रतिनिधिहरु एवं प्रहरी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । आईसिडिसी धादिङका कार्यक्रम व्यवस्थापक बिनोद रिजालको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेल (बद्री) को प्रमुख आतिथ्य रहेको थियो ।
मनोविमर्शकर्ता राजन दुवाडी र नेत्रावती डबजोङ का स्वास्थ्य संयोजक कृष्ण ब.पौडेल (बद्री ) ले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा मनोसामाजिक समस्या र मानसिक रोगहरु (उदाशिनता,छारेरोग,रुपान्तरित विकार,आत्महत्या ,मनोविकृति,मध्यपान सम्वन्धि समस्या र आघातजन्य घटना पश्चातको तनावपूर्ण अवस्था) का बारेमा छलफल भएको थियो ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७