

काठमाडौं । आज सिगंटी हाइड्रो इनर्जीको झण्डै २७ करोडको आईपीओमा आवेदन दिने अन्तिम मिति रहेको छ । कम्पनीले २६ करोड ९७ लाख बराबरको आईपीओ गत शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको थियो ।
कम्पनीले माग गरेभन्दा बढी शेयर खरीदका लागि आवेदन परेकाले छिटो अवधिमै आवेदन लिने कार्य बन्द गरेको जानकारी दिएको छ ।कम्पनीको आईपीओमा सोमवार साझसम्म १२ लाख ४४ हजार १२८ जनाले आवेदन दिएका छन् ।
यी आवेदकहरुबाट १ करोड ९३ लाख ७१ हजार १०० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँड गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।
उक्त आईपीओ मंगलवार बैंकिङ समयसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७