TRENDING

२६ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा २६ लाख ७४ हजार कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमाबार बुटवल पावर कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले पाउने छन् ।