TRENDING

नेप्सेमा ५ लाख ७ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आइतवार वोमी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५ लाख ७ हजार ४२० कित्ता शेयर सूचीकृत भएको हो ।

साविकको ग्रामीण स्वयंसेवक लघुवित्त सस्थासँग एकापसमा मर्जर भएपछि कायम हुन आएको कम्पनीको शेयर सूचीकृत भएको हो । साथै आइतवार नै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखिएको कम्पनीको शेयर दोस्रो बजारमा फुकुवा गरेको छ ।

वोमी लघुवित्त र ग्रामीण स्यंसेवक लघुवित्त बीच एकापसमा मर्जर भएपछि वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट गत चैत ३ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो ।