

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते बाँडफाँड हुने भएको छ । सिडीएससीले चैत १३ गते अर्थात अर्को साता आईपीओ बाँडफाँड गर्न कम्पनीलाई जिम्मेवारी दिएको हो ।
शेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटलले पनि आईपीओ बाँडफाडको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । कम्पनीले गत फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
त्यसमा ३ लाख ३० हजार कित्ता कर्मचारीहरूलाई र अर्काे ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरूलाई छुट्टाइएको छ । त्यो अनुसार सर्वसाधारणले ५९ लाख ४० हजार कित्ता शेयर पाउने छन् ।
जसअनुसार ५ लाख ९४ हजार जनाले मात्र उक्त कम्पनी शेयरमा पाउने छन् । माग भन्दा बढी आवेदन परेकाले शेयर पाउनका लागि भाग्यमै भर पर्नुपर्नेछ । तर, कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन दिएका छन् । त्यो अनुसार १२ लाख आवेदक भन्दा बढीको हात खाली हुने देखिन्छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७