TRENDING

लगानी गर्ने ठुलो अवसर : फेरि आउँदैछ ६० करोडको नयाँ आईपीओ, प्रतिकित्ता कति ?

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडले ६० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

ओखलढुंगा र रामेछाप जिल्लामा १२० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

ग्रीन भेञ्चर्स प्रालि भारतको भिलवारा इनर्जी लिमीटेड र नेपालको त्रिवेणी इनर्जी प्रालिको संयुक्त लगानी रहेको कम्पनी हो । आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि यो कम्पनीले आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरका धितोपत्रको सार्वजनिक निष्काशन लागेको हो । आईपीओ निष्काशन तथा विक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आईपीओ