

काठमाडौँ । लागुऔषधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खु स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ ।
घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भन्नुभयो, “हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।” अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा भने लिएर भागेका थिए ।
घटना सोमबारको हो । मृतक श्रेष्ठको टाउकाको बायाँपट्टी गहिरो चोट, घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । सापकोटा यसअघि लागुऔषध मुद्दामा कारागार चलान भई कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । छुटेपछि पनि उनले लागुऔषध भने छाडेका थिएनन् ।
घटनापछि उनी नगद रु २३ हजार, श्रीमतीले लगाएका सुनका मुन्द्रा, बाला, सिक्री र श्रीमतीको आइफोन समेत लिएर फरार भएका थिए । भाग्दै हिँडेका उनलाई प्रहरीले मङ्गलबार काठमाडौँको बल्खुस्थित फलफूल बजारबाट पक्राउ गरेको थियो । परिसरमा आज पत्रकार सम्मेलन मार्फत अभियुक्त र बरामद सामग्री सार्वजनिक गर्दै प्रमुख सिंहले विवाह भएदेखि नै उनीहरु बीच मत नमिलेको पाइएको बताउनु भयो । प्रारम्भिक अनुसन्धानमा सापकोटाले पारपाचुके गर्न पटकपटक दबाब दिँदै आएको पाइएको छ । उनीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७