

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/८७ को सात महिनाको अवधिमा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा २२ दशमलव ४ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फा क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात बढेको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार चीनतर्फको निर्यातमा भने ४७.७ प्रतिशतले कमी आएको देखिएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैचीँ, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतको निर्यात भने बढेको छ । तर, पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७७/९८ को सात महिनामा कुल वस्तुको आयात ०.०१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३.६ प्रतिशतले आयात घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत भएको आयात ७.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशं १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको देखिएको छ ।
बस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दुरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भिडियो, टेलिभिजन तथा पार्टपुजा लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटी ७ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो ।
समिक्षा अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७