

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोण्ड जारी गर्ने भएको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकृष्ण खतिवडाले चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा बोण्ड जारी गर्न लागिएको बताउनुभयो ।
आइतबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा बोल्दै खतिवडाले यस्तो बताउनुभएको हो ।
चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने गरी बैंकले ३० मिलियन डलर बराबरको बन्ड जारी गर्न नेपाल राष्ट्र बैंकबाट बैंकले स्वीकृति पाइसकेको उहाँले जानकारी गराउनुभयो ।
बोन्ड कार्यान्वयनमा आइसकेपछि लगानीकर्ताले ८.५ प्रतिशतको प्रतिफल पाउने छन् । उक्त बोण्ड लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट ¥यापिङ’ गरि जारी हुनेसमेत खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने छ ।सो अवसरमा सिइओ खतिवडाले निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमासमेत छलफल गरिरहेको बताउनुभयो ।
ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७